'भागीभागी नजाऊ' र 'खै को कसको' अल नेपाल रिलिज हुँदै

काठमाडौ, असार २२,

दर्शकले शुक्रबारबाट प्रेमकथाका दुई चलचित्र 'भागीभागी नजाऊ' र 'खै को कसको' नामक चलचित्र हेर्न पाउने भएका छन्। डेढ वर्षअघि मोफसलमा रिलिज भइसकेको चलचित्र भागीभागी नजाऊ उपत्यका भित्रिँदै छ भने खै को कसको अल नेपाल रिलिज हुँदै छ।

चिरञ्जीवी बस्नेतको संगीत र निर्माण् तथा मदन घिमिरेको निर्देशन रहेको चलचित्र भागीभागी नजाऊमा विराज भट्ट, जेनिसा केसी, रेश मरहठ्ठालगायतको मुख्य भूमिका रहेको छ। निर्देशक घिमिरेको कथा तथा शिवम अधिकारीको पटकथा र संवाद रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, शिव विकको नृत्य तथा शम्भु सापकोटाको छायांकन रहेको छ।

महिला निर्देशक सुचित्रा श्रेष्ठले निर्देशन गरेको चलचित्र खै को कसकोलाई लक्ष्मी श्रेष्ठ र तीर्थ श्रेष्ठले निर्माण गरेका हुन्। चलचित्रमा राजेश हमाल, रेजिना उप्रेती, सुनिल थापा, सुनिल श्रेष्ठ, सुवास गजुरेल र प्रतिष्ठा प्रसाइंको प्रमुख भूमिका रहेको छ।

सुचित्राकै कथा रहेको चलचित्रमा ध्रुव लम्साल र पवन खतिवडाको पटकथा र संवाद, सन्तोष प्रगाढको संगीत, गोविन्द प्रभात र नारायण् रिजालको नृत्य, प्रदीप खड्काको द्वन्द्व तथा रत्न कार्कीको छायांकन रहेको छ।
Watch Video News, TV Shows, Movies and Social Activities
यहाँ मुनि टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। कपि गरेर कमेन्ट दिनुहोस !
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive
+VIEW Archive +VIEW Archive +VIEW Archive


View ALL

.
.
.
.
.